मोरंगको रंगेलीबाट ‘वलिदानको छायाँकन शुरु

IMG-20241122-WA0151

बिराटनगर: मोरङको रङ्गेलीबाट समीर भट्ट स्टार ‘बलिदान’को छायांकन प्रतिक्षित मानिएको फिल्म ‘बलिदान’को दोस्रो सेड्युलको छायांकन शुक्रबारदेखि मोरङको रङ्गेलीबाट सुरु भएको छ।
दशैँ बिदासँगै पहिलो सेड्युल सम्पन्न गरेको फिल्म युनिटले पुनः नवंबर २२बाट छायांकन सुरु गरेको निर्देशक सन्तोष सेनले जानकारी गराए। निर्देशक सेनका अनुसार फिल्मको दोस्रो चरणको छायांकन मोरङको रङ्गेलीबाट सुरु भई कानेपोखरी र विराटनगरमा समेत हुनेछ। यी स्थानहरूमा महत्त्वपूर्ण दृश्यहरू खिच्न भव्य सेट निर्माण गरिएको छ।
पहिलो सेड्युलमा इटहरीको बीएमसी स्टुडियोमा भव्य सेट तयार गरी इनडोर सेट गरिएको थियो। त्यहाँ अभिनेता समीर भट्ट र सौगात मल्लको एक्सन अवतार समेटिएको क्लाइमेक्स सिनसहितका महत्त्वपूर्ण दृश्य खिचिएका थिए। छायांकनका क्रममा निर्माण टिमले प्राविधिक समस्याहरूको सामना गर्नुपरेको थियो। निर्देशक सेनका अनुसार प्रोडक्सन म्यानेजरको घातका कारण केही चुनौती सिर्जना भए पनि समस्या समाधान गरी दोस्रो सेड्युल सुरु गरिएको हो।
फिल्मको छायांकन यसपटक ‘१२ गाउँ’ का छायांकार महेश पौडेलले गर्दैछन्। फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा र दिव्य देवललगायतका कलाकारहरुको मुख्य भूमिकामा अभिनय रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement