एकीकृत माले तेह्रथुमको अध्यक्षमा ढुंगाना विजयी

IMG-20241122-WA0139

म्याङलुङ: नेकपा एकीकृत माले तेह्रथुमको अध्यक्षमा शिव ढुंगाना निर्वाचित भएका छन्। गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै ढुंगाना निर्वाचित भएका हुन्।
नवंबर १९बाट सुरु भएको तेह्रथुमको १२औं जिल्ला अधिवेशनमा नेतृत्वका लागि बिहीबार मतदान भएको थियो। ढुंगाना २३६ मतसहित आज सम्पन्न मतदानमा विजयी हुँदा अध्यक्षका उम्मेदवार श्रेष्ठले २०४ मत ल्याएका थिए। अध्यक्षमा निर्वाचित भएका ढुंगाना १० बुँदे पक्षका हुन्। उनी पूर्व जिल्ला समन्वय समिति प्रमुख हुन्।
एकीकृत माले तेह्रथुमको उपाध्यक्षमा सन्तोष तिगेला निर्विरोध निर्वाचित भए। सचिव तारा मादेन विजयी भए। उपसचिवमा यादव खापुङ निर्वाचित भए। महिला उपसचिव तारा ढकाल निर्वाचित भइन्। अधिवेशनबाट ८९ सदस्यीय जिल्ला कमिटी गठन भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement