कोरियन एजन्टले टिकट नदिएपछि कोरिया जान रोकियो

IMG-20241122-WA0101

काठमाण्डू: भिसा लागेर पनि १४०० नेपालीहरु कोरिया जान पाएनन् रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत रोजगारीका लागि भिसा लागिसकेर कोरिया जान प्रतीक्षामा रहेका श्रमिकहरू दसैँअघिदेखि उड्न पाएका छैनन्। कोरियन एयरको नेपाली एजेन्ट युनिभर्सल टुर्स एन्ड ट्राभल्सले टिकट नदिएपछि करिब १४ सय श्रमिकहरू समयमै कोरिया जान नपाएका हुन्।
सरकारले कोरिया जाने श्रमिकले किन्ने हवाई टिकट टेन्डरमार्फत दर तोकेर युनिभर्सलसँग सम्झौता गरेको छ। वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले आगामी ५दिसंबरसम्म टेन्डर हाल्न पाउने गरी बोलपत्र आह्वान गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार आफूसँगको सम्झौता नवीकरण हुनुपर्ने भन्दै युनिभर्सलले लामो समयदेखि श्रमिकलाई हवाई टिकट उपलब्ध गराएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement