सुम्बुकमा सिक्किम धान-१ को प्रदर्शनी

IMG-20241121-WA0259

गान्तोक: भारतीय कृषि अनुसन्धान परिषद् सिक्किम केन्द्रले दक्षिण सिक्किमको सुम्बुकमा सिक्किम धान-१ प्रजातिबारे फिल्ड दिवसको आयोजना गर्‍यो यस अवसरमा आईसीएआरका अधिकारीहरु डा. रामगोपाल देवदास र सिक्किम केन्द्रका वैज्ञानिक दुर्गाप्रसाद प्रधान र अम्बरबहादुर राईले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरे। फिल्ड दिवसको उद्देश्य सिक्किमको जैविक परिवेशमा यसको उत्पादकतामाथि आकलन गर्नु रहेको थियो। यसबीच कृषकहरुको खेतमा सिक्किम धान-१ प्रजातिको प्रदर्शन पनि गरियो। डा. देवदासले कृषकहरूका लागि विभिन्न लाभकारी केन्द्रीय योजनाहरूको सहयोग प्रदान गरिएको जानकारी गराए। जसमा कुखुरा पालन, एकीकृत जैविक खेती प्रणाली मोडलहरू र कृषकहरुका लागि पुरस्कारहरूबारे छलफल गरियो। उनले सामूहिक रूपमा सिक्किम धान-१ को विकासमाथि जोड दिए। आईसीएआरले सुम्बुकका कृषकहरुलाई खुफरी सिन्दुरी आलु वितरण गरेको छ। ‘सिक्किम धान-१ को लागि फिल्ड दिवसमा लगभग २५ जना कृषकहरूले भाग लिएका थिए। यसका अतिरिक्त, कृषकहरूले स्थलगत कार्यक्रम सत्रमा अन्तरक्रियामा पनि भाग लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement