गान्तोक: सिक्किम फूटबल एसोसिएशन (एसएफए)-को आयोजनमा जारी प्रतिष्ठित गवर्नर्स गोल्ड कप फूटबल टुर्नामेण्टको ४०औं संस्करणमा बिहीवार गान्तोक हिमालयन स्पोर्टिंग क्लबले रोमाञ्चक जीतको साथ फाइनलमा प्रवेश गऱ्यो। गान्तोक (सिक्किम)-को पाल्जोर स्टेडियममा आज खेलिएको दोस्रो सेमिफाइनल म्याचमा गान्तोक हिमालयन स्पोर्टिंग क्लबले चेन्नईन फूटबल क्लबविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। स्थानीय टीमबाट जूनियरले चौथो मिनट र जोसेफले ७१औं मिनटमा गोल गरे। यसरी चेन्नईयन एफसी-बाट प्रफुल कुमारले १ गोल गरे। विजेता टीमका गोलकीपर निमडुप लेप्चालाई प्लेयर अव् द म्याचको पुरस्कार प्राप्त भयो। चार सालको ब्रेकपछि शुरु भएको गवर्नर्स गोल्ड कपको ४०औं संस्करणमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। अब २४ नोभेम्बरमा खेलिने फाइनलमा गान्तोक हिमालयन स्पोर्टिंग क्लब र नर्थईष्ट युनाइटेड फूटबल क्लबबीच भिड़न्त हुनेछ।

फाइनल म्याच (आइतवार): गान्तोक हिमालयन स्पोर्टिंग क्लब बनाम नर्थईष्ट युनाइटेड फूटबल क्लब