शिवसागरमा सुङ्गुरको मासुको बिक्रीमा रोक

IMG-20240717-WA0003

शिवसागर(असम): शिवसागर जिल्लाको डिमौ राजस्व चक्र अधिकारी कार्यालय क्षेत्रमा सुङ्गुरमा अफ्रीकन स्वाइन फ्लू नामक रोग फीवर पाइएपछि जिल्ला प्रशासनद्वारा जिल्लामा सुङ्गुरको मासुको बिक्रीमा पूर्ण रूपमा रोक लगाइएको छ।
डिमौ इकरानी, वकता बर, देउधाई, जाफपिहजिया आदि क्षेत्रहरूमा अफ्रीकन स्वाइन फ्लूको कारण धेरै सुङ्गुरहरू मरेका छन्। जसलाई लिएर जिल्ला प्रशासनद्वारा सुङ्गुर काँट्नु र मासुको बिक्रीमा पूर्ण रूपमा रोक लगाइएको छ। जबसम्म जिल्ला प्रशासनद्वारा दोस्रो आदेश सुङ्गुरको मासुको बिक्रीमा जारी गरिँदैन तबसम्म जिल्लामा सुङ्गुरको मासुको बिक्रीमा पूर्ण रोक रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement