शिक्षक भर्ती घोटाला मामला: प्रसन्न कुमार रोयको खुलासा

कोलकाता: शिक्षक भर्ती घोटाला मामिलामा पक्रा परेका पश्चिम बङ्गालका पूर्व शिक्षा मन्त्री पार्थ च्याटर्जीका करीबी मानिने प्रसन्न कुमार रोयलाई लिएर आइतबार छक्क पार्ने खुलासा भएको छ। सीबीआई स्रोतहरू अनुसार एसएससी भ्रष्टाचार मामिलामा पक्रा परेका प्रसन्न रोय भ्रष्टाचारको कालो धनलाई सेतो बनाउने मास्टरमाइन्ड रहेको भनाइ छ। उसले लगभग १०० निजी कम्पनीको जाल बनाएको बताइएको छ। सीबीआईले प्रसन्नको नाममा ८३ कम्पनीको पत्तो लगाएको छ।

जाँच अधिकारीहरू भनाइअनुसार यी ८३ मध्ये अधिकतर सेल कम्पनीहरू छन्। उसले कालो धनलाई एकदेखि अर्को कम्पनीमा घुमाएर सेतो पार्ने काम गर्नेगर्थ्यो। उसको ८० कम्पनी लिमिटेड लायबिलिटी पार्टनशिप (एलएलपी) र तीन प्राइभेट लिमिटेड कम्पनीहरू छन्। एलएलपी कम्पनीहरूमा प्रसन्न नै पार्टनशिपमा छ। प्रसन्न र उसकी पत्नी काजल सोनी रोय शेथ तीन प्राइवेट लिमिटेड कम्पनीहरूमा निदेशक वा भागीदार छन्। सीबीआईलाई जानकारी भएको छ कि प्रसन्नको राजारहाटमा ९, लेकटाउनमा ९ र बांगुर एवेन्यूमा ९ कम्पनी छ। अर्थात् एउटै ठेगानामा धेरै कम्पनीहरू रजिस्टर्ड छन्। एक कारोबारीको नाममा यति सारा कम्पनी किन खोलियो, सीबीआईले यसको जवाफ खोजिरहेछ। यसमध्ये प्रत्येक कम्पनीको विस्तृत बेलेन्स शीटको जाँच गरिन्दैछ। पार्थ च्याटर्जीका करीबी प्रसन्न रोयको अन्तर्राष्ट्रिय कनेक्शन अगावै अघि आइसकेको छ। यस बाहेक प्रसन्न एसएससी नियुक्ति मामिलामा मिडलम्यानको मुखिया हो। सीबीआई स्रोतहरू अनुसार अहिलेपनि अझ् केही सनसनीपूर्ण जानकारी आउनु बाँकी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement