कोलकाता: नियुक्ति घोटालामा पक्रा परेकी अर्पिता मुखर्जीलाई उनकी आमाको निधन भएको कारणले अदालतले पाँच दिनको प्यारोलमा रिहा गर्ने आदेश दिएको छ। वास्तवमा २३ जुलाई, २०२२-मा पश्चिम बंगालका तत्कालीन मन्त्री पार्थ चटर्जी र उनकी निकटवर्ती मानिने अर्पिता मुखर्जीलाई केन्द्रिय जाँच एजेन्सी ईडीले पक्राउ गरेको थियो।अर्पिताकी आमा बेलघरियामा बस्थिन्। उनको निधन भएपछि अन्तिम संस्कार अनि अन्य धार्मिक क्रियाहरूमा भाग लिनको लागि अर्पिताले अदालतसित प्यारोलको अपील गरेकी थिइन् जसलाई स्वीकार गरियो। अदालतले उनलाई पाँच दिनको प्यारोल दिएको छ। यस मामिलामा अर्पिता र पार्थ दुवैमाथि नियुक्ति घोटालासित सम्बन्धित ठूलो आरोप लागेको छ। मामिलाको परिणाम अहिले आउनु बाँकी नै छ।