वन विभागले एउटा जंगली चितुवालाई समात्यो

leopard-1727925050

नगाउँ(असम): नगाउँ जिल्लाको कलियाबार क्षेत्रमा एक चितुवालाई वन विभागले ट्रेंकुलाइज गरी पक्राउ गर्न सफल भयो। त्यसपछि स्थानीय मानिसहरूले राहत महसूस गरे।
बिहीवार प्राप्त जानकारी अनुसार कलियाबर क्षेत्रमा चितुवाले धेरैवटा घरपालुवा जनावरहरूलाई शिकार बनाइरहेको जानकारी पाउनसाथ वन विभागको टीम घटनास्थलमा पुग्यो। स्थानीय मानिसहरूले चितुवालाई समात्ने प्रयास गर्दा चितुवा घाइते भयो। यसबीच वन विभागको टीमले चितुवालाई ट्रेंकुलाइज गरी खोरमा कैद गरी उपचारको निम्ति पानवारीस्थित वन्य प्राणी पुनर्स्थापना केन्द्रमा पठाइयो। चितुवालाई खोरमा थुनिएपछि स्थानीय मानिसहरूले प्रसन्नता व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement