शोणितपुर(असम): नारायणपुर क्षेत्रमा भएको सड़क दुर्घटनामा परी एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो भने अन्य तीनजना मानिसहरू गम्भीर रूपमा घाइते भए जसलाई अस्पतालमा भर्ती गरिएको छ।
गए राति रास मेला हेरेर फर्किरहेका सागर दास (३०)- को ट्रैवलर बस (एजस-१२एसी-३९४६)- को चपेटमा परी घटनास्थलमै मृत्यु भयो। मृतक नारायाणपुर चिया बगानका सह-परिचालक थिए। यसरी नै सड़क दुर्घटनामा कृति डेका (२५), प्रीतम नाथ (२२) र उसकी पत्नी पाली देवी गम्भीर रूपमा घाइते भए भने सबलाई तेजपुर मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ। दुर्घटनामा सामेल वाहनलाई पलिसले जफत गरेको छ। पुलिसले मृत व्यक्तिको शवलाई कब्जामा लिएर पोस्टमर्टमको लागि अस्पतालमा पठाइदियो।