गुवाहाटी(असम): गुवाहाटीको बरसापारामा क्राइम ब्राञ्चको टीमले एक ड्रग्स तस्कर र नूनमाटी पुलिसले एक महिला तस्करलाई गांजा समेत पक्राउ गरेको छ। बिहिवार प्राप्त जानकारी अनुसार, क्राइम ब्राञ्चको टीमले बरसापारा क्षेत्रमा अभियान चलाएर राजीव दे (३२ ए लालगणेश) लाई ११.२७ ग्राम हेरोइन समेत पक्राउ गऱ्यो।पक्रा परेको आरोपितदेखि पुलिसले एक मोबाइल फोन पनि जफत गरेको छ।नूनमाटी पुलिसको एक टीमले थाना क्षेत्रको सेक्टर तीन- मा एक अभियान चलाएर १३० प्याकेट गांजा समेत एक महिला तस्करलाई पक्राउ गऱ्यो। पक्रा परेकी महिला तस्करको पहिचान नर्थ गुवाहाटीको अनवारा बेगम (४५) को रूपमा गरिएको छ। जफत गरिएको गांजाको ओजन १.६८० ग्राम बताइएको छ। पुलिसले गांजा बाहेक महिलादेखि नगद ६ हजार ५१० रुपियाँ, मोबाइल फोन पनि जफत गरेको छ। दुवै मामिलामा अलग-अलग प्राथमिकी दर्ता गरी पक्रा परेको आरोपितसित पुलिसले गहन सोधपुछ गरिरहेको छ।










