कोलगेटको ओरल हेल्थ अभियान: लाखौं भारतीयलाई एआई-पावर्ड डेन्टल स्क्रिनिङ

Prabha Narasimhan_MD&CEO_Colgate-Palmolive (India) Limited

कोलकाता: भारतमा ओरल हेल्थ सुधार गर्न प्रतिबद्ध, देशकै अग्रणी ओरल केयर ब्राण्ड कोलगेट-पामोलिभ (इण्डिया) लिमिटेडले एउटा अनौठो एआई-सक्षम ओरल हेल्थ अभियान शुरु गरेको छ।
यो अभियानले भारतमा ओरल हेल्थकेयरको पहुँच र जनचेतनाको कमीलाई प्रविधिको प्रयोगमार्फत समाधान गर्ने उद्देश्य राखेको छ। विज्ञानमा आधारित नवीनता र सामान्य दिनचर्याको अंग बनाउँदै भारतीयहरूको ओरल हेल्थमा सुधार ल्याउने यो कोलगेटको दीर्घकालीन प्रतिबद्धताको हिस्सा हो।
एआई डेन्टल स्क्रिनिङ टूल: अभियान अन्तर्गत लोजी डट एआईको साझेदारीमा एआई-सक्षम डेन्टल स्क्रिनिङ टूल विकास गरिएको छ। यो टूलले प्रयोगकर्तालाई व्हाट्सएपमार्फत तुरुन्तै एआईद्वारा उत्पन्न डेन्टल रिपोर्ट प्रदान गर्दछ। यो सेवा ९ भारतीय भाषामा उपलब्ध छ। प्रयोगकर्ताहरूले कोलगेट उत्पादनको प्याकमा रहेको क्युआर कोड स्क्यान गरेर वा ८८०६०८८०६० नम्बरमा डायल गरेर केही सामान्य प्रश्नहरूको उत्तर दिएपछि आफ्नो मुखको तीनवटा तस्वीर अपलोड गरी निःशुल्क एआई-सक्षम डेन्टल स्क्रिनिङ रिपोर्ट प्राप्त गर्न सक्छन्।
इण्डियन डेन्टल एशोसिएसनसँग साझेदारी: यो अभियानपछि डेन्टल स्क्रिनिङ गराएका व्यक्तिहरूलाई इन्डियन डेन्टल एशोसिएसन (आईडीए) को ५०,००० डेन्टिस्टको नेटवर्कमार्फत निःशुल्क परामर्श पनि उपलब्ध गराइनेछ। यसलाई भारतभरका खुद्रा स्टोर, शैक्षिक संस्थान र कर्पोरेटहरूबीच प्रचार गरिनेछ। कोलगेट पामोलिभ (इण्डिया) लिमिटेडकी प्रबन्ध निर्देशक तथा सीईओ प्रभा नरसिम्हनले भनिन्, ‘हामी भारतभरका मानिसहरूको ओरल हेल्थ सुधार गर्न प्रतिबद्ध छौं। #कोलगेट ओरल हेक्थ मुभमेन्ट हाम्रो यस प्रतिबद्धताको महत्वपूर्ण हिस्सा हो।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement