सिलगढीमा तृणमूल महासचिव अभिषेक ब्यानर्जीको पीएको नाममा जबरजस्ती फिरौती माग्ने पक्राउ

IMG-20241121-WA0240

सिलगढी: तृणमूल कांग्रेस अखिल भारतीय महासचिव तथा सांसद अभिषेक ब्यानर्जीको पीएको नाममा सिलगढी शहरका एक व्यापारीलाई धम्की दिएर पैसा असुलेको आरोप लगाइएको छ। यो आरोपले सिलगढीका व्यापारिक क्षेत्रमा हलचल मच्चाएको छ। ह्वाट्सएप कलको आधारमा पुलिसको टोली पूर्वी मेदिनीपुरको भूपतिनगर गएर आरोपीलाई पक्राउ गर्यो। आरोपीको नाम नाम ३७ वर्षीय मिलन कमिला बताइएको छ। २०२२ सम्ममा राज्यमन्त्रीकी छोरीको कार चलाउँदै गर्दा पक्राउ परेका थिए। कहिले प्रभावशाली व्यक्तिसँग परिचय गराएर र कहिले पुनः नोक्लारी दिलाउने नाममा पैसा असुलेको समेत आरोप छ। स्रोतका अनुसार आरोपीले कोलकातामा सम्पत्ति बनाएका छन्। स्रोतका अनुसार काम दिने नाममा ठगी गरेको आरोपमा एक महिलाको उजुरीका आधारमा पुरुलियाको पुन्चा थानाको पुलिसले उनलाई पक्राउ गरेको छ। नोकरी दिने नाममा अनलाइनबाट पैसा लिएको उजुरी परेको थियो। यसैबीच, सिलगढीका एक व्यापारीसँग पैसा मागेको मुद्दाको अनुसन्धानपछि सिलगढी पुलिसले आरोपीले कसको खातामा पैसा ट्रान्सफर गरेको पत्ता लगाउन गत आइतबार अभियुक्तलाई अदालत लगेको थियो। स्रोतका अनुसार उनले अभिषेक ब्यानर्जीका निजी सहायक सुमित रोयको नाममा सिलगढीको महानन्दपाडाका एक व्यापारीसँग पनि केही पैसा लिए थिए। उनीसँग थप पैसा मागेको थियो। तर यस व्यवसायीलाई सोधपुछ गर्दा सुमित रोयको यसमा कुनै सरोकार नभएको पाइएको थियो। त्यसपछि उनले पुलिसलाई सम्पर्क गरे। अन्ततः उनी पक्राउ परे। सिलगढी पुलिसले पक्राउ परेका व्यक्तिहरूलाई १६ तारिख पुलिस हिरासतमा लिएर सोधपुछ गरेको थियो र धेरै जानकारी प्राप्त गरेको थियो। सिलगढी मेट्रोपोलिटन पुलिसको खालपाडा आउट पोस्टले बिहीबार आरोपीलाई फेरि सिलगढी अदालतमा पेश गर्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement