तल्लो सिमानाटार बस्तीमा बाटो निर्माण कार्यको थालनी

WhatsApp-Image-2024-11-21-at-18.24.44-1

खरसाङ: खरसाङ चिमनी देवराली समष्टिको तल्लो सिमानाटार बस्तीमा बाटो निर्माण कार्यको थालनी गरिएको छ। चुनाव अघि गरिएको वाचा अनुसार समष्टि सभासद श्याम शेर्पा र उनको टोलीले डोजरको प्रयोग गरी  सडक खन्ने काम शुरु गरेका छन्। उक्त बाटो निर्माणको काम सभासद श्याम शेर्पाको व्यक्तिगत प्रयासमा सम्पन्न भइरहेको बताइएको छ। यस अवसरमा सबै धार्मिक विधि र पूजापाठ गरेर शिलान्यास गरेर बाटो निर्माणको कार्य शुरु गरिएको छ। यस बाटो निर्माणको काम शुरु गर्नलाई गरिएको शिलान्यास कार्यमा भागोप्रमो नारी शक्तिको समष्टि अध्यक्षा सुष्मा मुखिया, सचिव ललिता छेत्री, पञ्चायत समिति सदस्य दिनेश तामाङ, सिमानाटारका प्रतिनिधि अनुप तामाङ र अन्य स्थानीय पार्टी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उक्त बाटोको निर्माण कार्यको थालनीले स्थानीय गाउँवासीहरू अत्यन्तै खुशी र आभारी बनेका छन्।

उक्त बाटोको निर्माण कार्यको थालनी विषयमा पत्रकारहरुसित कुराकानी गर्दै नारी शक्तिको समष्टि अध्यक्षा सुष्मा मुखियाले भनिन्, ‘चुनावको समयमा यो बाटो निर्माणको लागि हामीले वचन दिएका थियौँl क्षेत्रीय सभासद श्याम शेर्पाको पहलमा अनि हाम्रो टिमको कार्यले गर्दा यो बाटो शुरु भएको छ।‘ उनले यो बाटो निर्माणको कार्य शुरु गर्नलाई क्षेत्रीय सभासद श्याम शेर्पा, पञ्चायत समिति सदस्य दिनेश तामाङ लगायत अरुको उपस्थितिमा पूजा अर्चना गरेर शिलान्यास गरिएको बताएकी छन्। उनले यस बाटो निर्माणको कार्य शुरु गरिएपछि क्षेत्रीय सभासद श्याम शेर्पा र जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। उक्त बाटो निर्माणको कार्य शुरु गरिएपछि स्थानीय एक महिलाले यो बाटो निर्माणको कार्य शुरु गरिएपछि स्थानीय सम्पूर्ण जनप्रतिनिधिहरुलाई धन्यवाद साथै आशिर्वाद दिएका छन्। उनले कतिजना नेताहरु आएर आश्वासन मात्र दिए र केवल आशामा मात्रामा बित्यो तर अहिले बाटो निर्माणको कार्य शुरु गरिएपछि सबैलाई धन्यवाद दिएकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement