ढालियो नोएडाको ट्वीन टावर  

नोएडा:  नोएडाको सेक्टर-९३ मा निर्मित सुपरटेकको अवैध ट्वीन टावरलाई ३७०० किलो विस्फोटकको ब्लास्टले आइतबार निर्धारित समय अपराह्न २:३० बजे ढालियो। ३२ तले यस बिल्डिङलाई ढाल्नमा लगभग १२ सेकेन्डको समय लाग्यो। ध्वस्तीकरणको प्रक्रियामा सुरक्षाका मानकहरूको कड़ाईले अनुपालन गरियो। मुख्यमन्त्री योगी आदित्यनाथले भनेका थिए, ‘टावर ध्वस्त गर्ने पूरा प्रक्रियामा वरिपरिका आवासीय परिसरमा निवासरत मानिसहरूको सुरक्षा हरेक स्थितिमा सुनिश्चित गरियोस् साथै पर्यावरणीय मानकहरूको पनि ध्यान राखियोस्l’ ध्वस्तीकरणको निम्ति पहिलेदेखि तयारी गरिएको थियो। एमराल्ड कोर्टका ६६० भवन र एटीएस विलेजका ७६२ भवनलाई २८ अगस्तमा बिहानै खाली गराइयो। ध्वस्तीकरणको कारण लगभग ८० हजार टन अवशेष उत्पन्न हुने अनुमान छ। यस अवशेषलाई तय टाइमलाइन अनुसार आगामी तीन महिनामा निस्तारित गरिनेछ। वरिपरिका मानिसहरूलाई वाहन पार्किङको निम्ति वैकल्पिक व्यवस्था दिइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement