गुवाहाटी(असम): गुवाहाटीको लोखरा रास महोत्सवमा नाइट्रोजन ग्यासले भरिएको एक सिलेण्डर विस्फोट भएर एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएको छ।गए अबेर राति लोखरा रास महोत्सवमा बलुनमा भर्ने नाइट्रोजन सिलेण्डरमा विस्फोट भएर एकजना व्यक्ति गम्भीर रूपमा घाइते भए।
विस्फोटमा घाइते भएका व्यक्तिको दुवै खुट्टा काटिएको छ। घटनाको जानकारी पाए लगत्तै पुलिसको टीम घटनास्थलमा पुगेर घाइते व्यक्तिलाई गुवाहाटी मेडिकल कलेज अस्पतालको इमरजेन्सी वार्डमा भर्ती गरायो जहाँ उसको अवस्था गम्भीर रहेको बताइएको छ। विस्फोटपछि घटनास्थलमा भाग-दौड़ मच्चियो। पुलिसले नाइट्रोजन विस्फोट मामिलामा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।