फिजिक्स वाला (पीडब्ल्यु) ले गर्यो ७५+ नयाँ टेक-इनेबल्ड विद्यापीठ अफलाइन केन्द्रहरूको शुरुवात गर्ने घोषणा

PW-Event-2024

कोलकाता: भारतको प्रमुख एडटेक कम्पनी फिजिक्स वाला (पीडब्ल्यु) ले शैक्षिक वर्ष २५-२६ का लागि ७५+ नयाँ अफलाइन टेक-इनेबल्ड लर्निङ सेन्टर खोल्ने घोषणा गरेको छ। यी नयाँ केन्द्रहरू तमिलनाडु, गुजरात, जम्मू-कश्मीर, राजस्थान, मध्य प्रदेश, महाराष्ट्र र अन्य थुप्रै राज्यहरूमा स्थापना गरिनेछ। यस विस्तारसँगै पीडब्ल्युका अफलाइन केन्द्रहरूको संख्या १२६ बाट बढेर २००+ पुग्नेछ, जसले १४१ शहरहरूलाई समेट्नेछ। यस कदमले विशेष गरी टियर २ र टियर ३ शहरका विद्यार्थीहरूसम्म गुणस्तरीय शिक्षा पुर्‍याउन मद्दत गर्नेछ, जसले देशका दुर्गम क्षेत्रहरूलाई पनि समेट्ने लक्ष्य राखेको छ।

विद्यापीठ र पाठशाला मोडेलहरू: पीडब्ल्युका अफलाइन केन्द्रहरू दुई मोडेलमा विभाजित छन्– विद्यापीठ र पाठशाला।

विद्यापीठ मोडेल: यी टेक-इनेबल्ड केन्द्रहरू हुन्, जहाँ विद्यार्थीहरू कक्षामा बसेर अनुभवी शिक्षकहरूसँग प्रत्यक्ष रूपमा पढ्छन्।

पाठशाला मोडेल: यसमा ‘दुई-शिक्षक प्रणाली’ छ, जहाँ एक शिक्षक वर्चुअल रूपमा पढाउँछन् भने अर्को शिक्षक कक्षामा उपस्थित भएर विद्यार्थीहरूको प्रश्नहरूको उत्तर दिन्छन्। यी दुई मोडेललाई संयोजन गरेर पीडब्ल्युले डिजिटल र भौतिक शिक्षालाई एकसाथ ल्याएको छ, जसले देशभरका विद्यार्थीहरूलाई उच्च गुणस्तरीय शिक्षा प्रदान गर्न लक्ष्य राखेको छ।

पीडब्ल्युका अफलाइन सीईओ अंकित गुप्ताले भने,  “पीडब्ल्युमा हामी सदैव विद्यार्थीहरूको आवश्यकतालाई प्राथमिकता दिन्छौं। नयाँ केन्द्रहरूको सुरुवात गरेर हामी यो सुनिश्चित गर्न चाहन्छौं कि विद्यार्थीहरूले राम्रो शिक्षाका लागि लामो दूरी तय गर्नु नपरोस्। यसले उनीहरूको आर्थिक भार घटाउनेछ र पढाइका लागि अन्य शहरमा बसाइँ सर्नुपर्ने मानसिक र भावनात्मक तनावबाट पनि मुक्ति मिल्नेछ।”

स्कोलरशिपको पहल: हालै, फिजिक्स वाला (पीडब्ल्यु) ले आफ्नो तेस्रो राष्ट्रिय स्कोलरशिप प्रवेश परीक्षा (एनएसएटी) २०२४ को आयोजना अनलाइन र अफलाइन दुवै रूपमा गर्‍यो। यस परीक्षाका लागि २५० करोड रुपियाँको स्कॉलरशिप छुट्याइएको थियो। यस पहलको उद्देश्य एनईईटी-युजी र आईआईटी-जेईई जस्ता परीक्षाको तयारी गर्ने विद्यार्थीहरूलाई उनीहरूको शिक्षा र विशेषज्ञ मार्गदर्शनमा सहयोग पुर्‍याउनु रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement