सिलगढी: बिहीबार जल विभाग र बीडीओका केही अधिकारीहरू पुलिससँगै एकातियाशाल तिलेश्वरी अधिकारी हाई स्कूलमा विद्यालयको जग्गा नाप्न पुगे। त्यसबेला क्षेत्रका केही व्यक्ति र विद्यालय प्रशासनले यसको विरोध गर्दै विद्यालयका विद्यार्थीले विद्यालयको खेल मैदानमा खेल्ने गरेको बताए। ‘विद्यालयको खेल मैदान बाहिर खानेपानी योजना बनाउनुभयो भने हामीलाई कुनै आपत्ति छैन’, उनीहरूले भने।