इनरुवा: आगामि दिसंबर १ ma हुन गईरहेको उप–निर्वाचनमा सुनसरीको गढी गाउँपालिका वडा नं ६ मा नेकपा एसका तर्फबाट वडा अध्यक्षको उम्मेदवार डमी उराँव नेकपा एमाले प्रवेश गरेका छन्।
आफ्नो मनोनयन फिर्ता लिँदै उनले नेकपा एकीकृत मालेका उम्मेद्वार सन्तु उराँवलाई मतदान गरी बिजयी गराउन वडाबासीलाई आग्रह समेत गरे।
डमी उराँवलाई नेकपा एकीकृत मालेमा पूर्वमन्त्री एवम सुनसरी क्षेत्र नम्बर ३ की संघीय सांसद भगवती चौधरीले स्वागत गरेकी छिन्। उराँवलाई स्वागत गर्दै उनले भनिन, ‘ नेकपा एकीकृत माले उनको पनि पार्टी हो अन्तत बिगतको कमि कमजोरी सच्याउंदै पुरानै घर फर्केकोमा धन्यबाद सहित स्वागत छ। उनीहरुको क्षमता र योगदान हेरेर पार्टीले उचित जिम्मेवारी दिनेनै छ। उनको आगमनले आसन्न उप निर्वाचनमा नेकपा एकीकृत मालेका तर्फबाट उम्मेद्वार सन्तु उराँवले भारी मतका साथ बिजयी हुने छन भन्ने विश्वास लिएको छु।’
उराँव समुदायको सघन बसोवास रहेको सो वडामा विगतमा एउटै पार्टीबाट राजनीति गरेका दुई उम्मेदवार हुँदा उराँव समुदायको जातीय समिकरण कमजोर बन्न पुगेको थियो। नेकपा एसका उम्मेदवारले उम्मेदवारी छाडेर एकीकृत मालेलाई सघाएको घोषणा गरेसँगै एमाले उम्मेदवार बलियो बन्न पुगेका छन्। अघिल्लो निर्वाचनमा पनि एकीकृत मालेका उराँव समुदायका उम्मेदवार विजयी भएका थिए।
त्यसैगरी गढी गाउँपालिका वडा नं ६ मा नेपाली कांग्रेसबाट बागी उमेद्वारी दिएका बन्धुलाल सरबरियाले पनि नेपाली कांग्रेसका उम्मेदवार तेतर साहलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। नेपाली कांग्रेसका जिल्ला सचिव विरेन्द्र साहसहितका नेताहरुको पहलमा उनले उम्मेदवारी फिर्ता लिदै कांग्रेसका उम्मेदवारलाई सघाउने प्रतिबद्धता ब्यक्त गरेका छन्।








