सिलगढी: ट्याब घोटालामा अर्को एक व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ। रविन्द्र प्रसाद सिंह नामका एक व्यक्तिलाई बर्दवान साइबर पुलिसले सिलगढीबाट पक्राउ गरेको छ। उनलाई प्रधाननगर पुलिस चौकीको सहयोगमा हिजो पक्राउ गरियो। उनलाई बिहीबार सिलगढी अदालतमा पेश गरियो। ट्रान्जिट हिरासतमा लिएपछि उनलाई आजै बर्दवान लगिने बताइएको छ। रवीन्द्र प्रसाद सिंह बिहारको किशनगञ्जका बासिन्दा हुन्। ट्याब घोटालामा उनको नाम आएपछि बर्दवान साइबर पुलिसले उनको खोजी गरिरहेको थियो तर, रविन्द्र फरार भएका थिए। यसपछि, स्रोतबाट प्राप्त जानकारीको आधारमा बर्दवान साइबर पुलिसले सिलगढीको देविडाँगा क्षेत्रमा लुकेको थाहा पाए। यही सूचनाका आधारमा बर्दवान साइबर पुलिसले सिलगढीको एक प्रधाननगर थानाको सहयोगमा उनलाई पक्राउ गरेको छ।










