बिप्लव समूहको पार्टी पुनर्गठन दिवस मनाउने

IMG-20241121-WA0215

कपिलबस्तु: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसकाे अवसरमा नवंबर २२मा दिपावली र २३मा काठमांडू स्थित भृकुटीमण्डपमा जनसभा गर्ने भएको छ।
पार्टी पुनर्गठनको ११औं दिवसको पूर्वसन्ध्यामा नवंबर २२मा बेलुका ५:३० बजे पार्टी सम्बद्ध संगठनका निकायदेखि कार्यकर्ता र जनस्तरसम्म दिपावली गर्ने बताइएको छ। २३ नवंबरना पार्टी पुनर्गठन दिवसको अवसरमा काठमांडूको भृकुटीमण्डपमा जनसभा कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रमलाई महासचिव नेत्र बिक्रम चंद विप्लवले सम्बाेधन गर्ने नेकपाले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement