दुईवटा पिकअप भ्यानबाट ६६ क्विन्टल चामल बरामद

photocollage_20241121154332571

सिलगढी: गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा फाँसीदेवा थानाको पुलिसले चामलले भरिएका दुईवटा पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ। राति अबेर पुलिसलाई चामल तस्करी भइरहेको जानकारी पाएको बताइएको छ। खबर पाएलगत्तै पुलिसले घोषपुकुर फुलबारी बाइपास नम्बर २७ राष्ट्रिय राजमार्गको गोवलटुली मोर क्षेत्रमा पुगेर दुईवटा पिकअप भ्यान नियन्त्रणमा लिएको छ। पुलिसले पहिले पिकअप भ्यान चालकसँग चामलको वैध कागजात मागेको थियो र नदिएमा पिकअप भ्यान जफत गरेको थियो। चालकलाई पनि पक्राउ गरेको छ। दुईवटा पिकअप भ्यानबाट करिब ६६ क्विन्टल चामल बरामद भएको छ। पक्राउ पर्नेमा फाँसीदेवाको रब्भिता क्षेत्रका हजरत मुर्तज (३०) र फाँसीदेवा ग्वालतुलीका ३० वर्षीय मोहम्मद अमिर रहेका छन्। पक्राउ परेकाहरुलाई सिलगढी महकुमा अदालतमा पेश गरिएको छ। यस विषयमा पुलिसले अनुसन्धान गरिरहेको छ। साथै उक्त चामल सरकारी राशनको हो वा होइन भनेर पनि पुलिसले अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement