दिक्तेल: खोटाङ रावाबेसी गाउँपालिका वडा नम्बर-४ डुम्रेधारापानी बस्ने ईन्द्र बहादुर भुजेलको घर आगलागीबाट जलेर नष्ट भएको छ। दिउँसो एक्कासी घरमा आगलागी हुँदा खाद्यान्न, लत्ताकपडासहित पाँचलाखको मालसामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगो स्थानीबासी र प्रहरीले नियन्त्रणमा लिएका थिए।








