जलपाईगढी: प्रख्यात आदिवासी नेता र स्वतन्त्रता सेनानी भगवान बिरसा मुण्डाको १५०औं जन्मजयन्तीको शुभ अवसरमा जलपाईगढी जिल्लाको मालबजार कुमलाई ग्राम पञ्चायत स्थित नेपुचापुर चिया बगैंचाको फ्याक्ट्री लाइन मैदानमा जिल्ला स्तरीय जय जोहर मेला आयोजना गरिएको छ। यसको उद्घाटन समारोहमा बीसीडब्ल्यु एण्ड टीडी विभागका मन्त्री बुलु चिक बराइक, अतिरिक्त जिल्ला मजिस्ट्रेट (बीसीडब्ल्यु), जलपाईगढी, रौनक अग्रवाल, महकुमा अधिकारी, (माल, एसडीपीओ, बीडीओ, मालl) उपस्थित थिए।

दुई दिने कार्यक्रममा अन्य जिल्लाका सबै प्रमुख विभागहरु जस्तै स्वास्थ्य तथा परिवार कल्याण, अग्नि तथा आकस्मिक सेवा विभागका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। जिल्ला प्रहरी, पशु संसाधन विकास, कृषि, डब्ल्युबीटीडीडीसीसी, आई एण्ड सीए ब्लक र जिल्ला प्रशासनसहित पश्चिम बंगाल सरकारका सबै प्रमुख परियोजनाहरू मेलामा प्रदर्शन भइरहेको छ। मेलामा लाभग्राहीलाई विभिन्न सरकारी सुविधा समेत वितरण गरिएको छ। यी बाहेक धेरै जनजाति समूह र व्यक्तिहरूले आफ्नो शो देखाउँछन्। आर्चरी लगायतका धेरै प्रतियोगिताहरु आयोजना गरिएको छ।












