अवैध रक्सी र जुवाको अड्डामा पुलिसद्वारा छापामारी, ठूलो परिणाममा अवैध डिजेल बरामद  

IMG-20241121-WA0158

जलपाईगढी: शहरका केही ठाउँहरूमा रक्सी र जुवाको अड्डा चलिरहेको बारे पुलिसलाई लगातार उजुरीहरू प्राप्त भइरहेको थियो। यसपछि पुलिस अधीक्षक र अतिरिक्त पुलिस अधीक्षकको नेतृत्वमा जलपाईगुडी जिल्लाका विभिन्न ठाउँमा रक्सी र जुवा खेल्ने अड्डाहरू विरुद्ध अभियान चलाइयो। सादा पोशाकमा पुलिसले यो अभियान चलायो। नेताजी पाडा, गौशाला मोड, इन्जिनियरिङ कलेज मोड, इन्जिनियरिङ कलेज क्याम्पसलगायत जलपाईगढीका विभिन्न क्षेत्रमा पुलिसले अभियान चलाएको थियो।

यस अभियानमा पुलिस उपरीक्षक, अतिरिक्त पुलिस उपरीक्षक बाहेक सादा पोशाकमा सशस्त्र पुलिसको बाक्लो उपस्थिति रहेको यस अभियानमा रक्सी र जुवा खेलेको अभियोगमा कैयौं पक्राउ परेका छन्। अर्कोतर्फ ह्वाट्सएप म्यासेजबाट सूचना पाएपछि पुलिसले एउटा पसलमा छापा मारेको थियो। यहाँबाट ठूलो परिमाणमा डिजेल बरामद भएको छ। सुजन मजुमदार नामका व्यक्तिले पसलमा ठूलो परिमाणमा सामान राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement