काठमांडू: ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमांडू प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले बताए। उनका अनुसार, नेपाललाई तत्काललाई होल्ड मात्र गरिएको हो।