साना व्यापारी केही घण्टामै यसरी बने करोडपति…

IMG-20241121-WA0153

सिलगढी: सिलगढी महकुमाका एक साना व्यापारीले १ करोडको लटरी जितेका छन्। फाँसीदेवाको लुसीपाकुरी काशीराम जोतका नरेशचन्द्र दासले मात्र ३० रुपियाँमा लटरी किनेर १ करोड रुपियाँ पुरस्कार जितेका छन्। बुधबार राति करिब ११ बजे उनले लट्री जितेको थाहा पाए। नरेशचन्द्र दास पेशाले व्यवसायी हुन्।

उनले लामो समयदेखि लिउसीपाकुरी बजारको सडकमा स्टेशनरी पसल संचालन गर्दै आएका छन्। श्रीमान् श्रीमती दिनहुँसँगै पसल जान्छन्। श्रीमतीले हिजो ३० रुपियाँमा लटरी किनेर करिब ११ बजे आफ्नो जितेको जानकारी पाइन्। लटरी बिक्रेता मालती दासले लटरीको नतिजा आउनेबित्तिकै आफ्नो पसलबाट पहिलो पुरस्कार जितेको नम्बर नै बिक्री भएको देखेर छक्क परेको बताइन्। त्यतिबेला त्यहाँबाट लटरी कसले किनेको हो थाहा भएन, तर पछि उनको ज्वाई नरेशचन्द्र दास रहेको थाहा पाइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement