पर्थ: अष्ट्रेलियाई कप्तान प्याट कमिन्सले बिहीवार बताएअनुसार, चीरप्रतिद्वन्द्वी भारतविरुद्ध शुक्रवारदेखि शुरु हुने बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीज निक्कै प्रतिस्पर्धी हुनेछ कारण क्रिकेटको दुई शीर्ष टीमबीच यसपाली ४-को सट्टा ५ वटा टेस्ट म्याच खेलिनेछ। अष्ट्रेलियाको लक्ष्य गत २ वटा सीरीजमा प्राप्त भएको हारको बद्ला लिनु रहनेछ। पर्थमा शुरु हुने पहिलो टेस्ट म्याचअघि कमिन्सले भने, बोर्डर-गावस्कर ट्रफी सदा प्रतिस्पर्धी हुन्छ। यसपाली ५ वटा टेस्ट म्याचको सीरीज झन् चुनौतीपूर्ण र प्रतिस्पर्धी हुनेछ। कमिन्सले उनको टीम दबाउमा रहने कुरा पनि स्वीकार गरे, जसले भारतविरुद्ध गत ४ वटा सीरीज हारेको छ। उनले भने, आफ्नो घरमा खेल्दा सदा अतिरिक्त दबाउ रहन्छ। भारतीय टीम निक्कै प्रतिभाशाली छ। यसैकारण चुनौती अवश्यै रहनेछ तर हामी धेरै अघिको सोचिरहेका छैनौ।
कमिन्सले भने, बोर्डर-गावसस्कर ट्रफी जित्नु असाधारण अनुभव हुनेछ। भारतीय टीम राम्रो छ तर हामीले पनि असल तयारी गरेका छौं। कमिन्सको भनाइअनुसार, नयाँ ब्याटर न्याथन म्याकस्वीनीले डेविड वार्नरको नकल नगरेर आफ्नो स्वाभाविक खेल देखाउनु पर्नेछ। वार्नरले यस सालको शुरुवातमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। कमिन्सले भने, उनले (म्याकस्वीनी) आफ्नो स्वाभाविक खेल देखाउनु पर्नेछ। डेविड वार्नर जस्तो खेल्ने कोशिश गर्नु हुँदैन। वार्नरको खेल्ने तरिका अलग थियो अनि उनको अलग छ। यसरी भारतका प्रतिभाशाली अलराउण्डर तथा आईपीएलमा सनराइजर्स हैदराबादमा आफ्नो साथी खेलाड़ी नितीश रेड्डीबारे कमिन्सले भने, उनी प्रभावशाली खेलाड़ी हुन्। सनराइजर्सको निम्ति उनले अधिक बलिंग गरेनन् तर उनी बललाई स्विंग गराउनमा दक्ष छन्।










