हार्दिक बने शीर्ष टी२० अलराउण्डर, तिलकलाई पनि फाइदा

IMG-20241120-WA0338

दुबई: भारतका अनुभवी खेलाड़ी हार्दिक पाण्डयाले बुधवार आईसीसीद्वारा जारी टी२० अलराउण्डरहरूका ऱ्याङकिंगमा फेरि एकपल्ट शीर्ष स्थान हासिल गरे। यसरी युवा ब्याटर तिलक वर्माले पनि ६९ स्थानको व्यापक सुधार गरी ब्याटरहरूका ऱ्याङकिंगमा तेस्रो स्थान हासिल गरेका छन्। हालै दक्षिण अफ्रिकाविरुद्ध टी२० सीरीजको अवधि हार्दिकले ब्याट र बल दुवैको साथ असाधारण प्रदर्शन गरी ईंग्ल्याण्डका लियाम लिविंगस्टोन र नेपालका दिपेन्द्र सिंह ऐरीलाई पछि छोड़े। हार्दिक आफ्नो करियरमा दोस्रोपल्ट विश्वका नम्बर एक टी२० अलराउण्डर बनेका छन्। उनी यस साल आईसीसी पुरुष टी२० वर्ल्ड कपपछि पहिलोपल्ट शीर्ष स्थानमा पुगेका थिए। दक्षिण अफ्रिकाविरुद्ध लगातार दुईवटा शतकको साथ २८० रन बनाएर प्लेयर अव् द सीरीज रहने तिलक वर्माले ब्याटरहरूका ऱ्याङकिंगमा ६९ स्थानको सुधार गरेका छन्। उनी अहिले टी२० अन्तर्राष्ट्रिय ब्याटरहरूका ऱ्याङकिंगमा शीर्ष दुई स्थानमा रहने अष्ट्रेलियाका ट्रेविस हेड र ईंग्ल्याण्डका फिल सल्टपछि तेस्रो स्थानमा रहेका छन्। भारतीय कप्तान सूर्यकुमार यादव ब्याटरहरूका ऱ्याङकिंगमा एक स्थान झरेर चौथो स्थानमा पुगेका छन्। भारतका सञ्जु सेमसन पनि दक्षिण अफ्रिकाविरुद्ध सीरीजमा २ वटा शतकको साथ ब्याटरहरूका ऱ्याङकिंगमा १७ स्थानको सुधार गरी २२औं स्थानमा पुगेका छन्। भारतीय पेस बलर अर्शदीप सिंह पनि ३ स्थानको सुधार गरी करियरको सर्वश्रेष्ठ नवौं स्थानमा पुगेका छन्। टी२० बलरहरूका ऱ्याङकिंगमा ईंग्ल्याण्डका स्पिनर आदिल राशिद शीर्ष स्थानमा कायम छन्। दोस्रो स्थानमा श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement