हिमाली विद्या निकेतनमा खेलकुद गतिविधिहरू सम्पन्न

n640040138173212683248671ddcd2c1974f753219d5d490fdcaaeeacbaaf22d4d165836122dc39fd67461d

गान्तोक: विद्या भारतीले विद्यार्थीहरूको निम्ति गुणात्मक शिक्षाका साथै खेलकुद गतिविधिहरूलाई पनि उच्च प्राथमिकता दिॅंदै आएको सिक्किमका संयोजक मोहन शर्माले बताएका छन्। उनले विद्या भारतीले सिक्किमलगायत दार्जिलिङ र कालेबुङमा पनि शिक्षाको क्षेत्रमा स्थानीय मानिसहरूको सहभागितामा प्रचार प्रसारको कार्य गरिरहेको बताए। उनले दार्जिलिङको लङ्गुरदाङमा हिमाली विद्या निकेतन सञ्चालन भइरहेको र यो ग्रामीण पहाडी क्षेत्रको प्रमुख विद्यालय रहेको बताए। उनले सबैको अथक प्रयास र सहयोगमा विद्यालय सञ्चालन भइरहेको जानकारी गराए।उनले यस विद्यालयमा अहिले विभिन्न खेलकुद गतिविधिहरू आयोजना भइरहेको बताए। उक्त विद्यालयलाई प्रधानाचार्य, आचार्य परिवार लगायत अभिभावक र स्थानीय मानिसहरूलाई भरपुर सहयोग प्राप्त भइरहेको उनले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement