गान्तोक: सिक्किममा पहिलोपल्ट नेशनल फिजिक कमिटी (एनपीसी) ले बडीबिल्डिङ च्याम्पियनशिप आयोजना गरिरहेको छ।उक्त च्याम्पियनशिप ८ फरवरी, २०२५ मा आयोजना हुनेछ।एनपीसी सिक्किमका प्रतिनिधिहरू छिरिङ दोर्जी भोटिया, पासाङ तामाङ, बिकी मंगर, सुरेश छेत्री, दिपेन्द्र मुखिया र नर्बु भोटियाले राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी गराए। उनीहरूले एनसीपीको महत्वमाथि प्रकाश पार्दै भने, एनसीपीमा भाग लिएपछि बडीबिल्डरहरूले शरू क्लासिक र अमेचुअर ओलम्पियामा भाग लिने अवसर प्राप्त गर्नेछन्। यसपछि, खेलाड़ीहरूले प्रो कार्ड प्राप्त गर्नेछन् र उनीहरूले भारत प्रो शोमा भाग लिन पाउनेछन्। यसैगरी, प्रो कार्ड धारकहरूले नै देश-विदेशका प्रतिष्ठित बडीबिल्डिङ च्याम्पियनशिपहरूमा भाग लिने अवसर पाउनेछन्।प्रो कार्ड प्राप्त गर्न राज्यका बडीबिल्डरहरू देशका अन्य राज्यहरू र विदेशका जानु पर्ने स्थिति रहेको उनीहरूले बताएका छन्। तर, यसपाली इच्छुक बडीबिल्डरहरूको निम्ति सिक्किममै यो सुविधा प्राप्त भइरहेको छ। उनीहरूले इच्छुक बडीबिल्डरहरूलाई एनपीसी सिक्किमसॅंग सम्पर्क गर्न आह्वान गरेका छन्।