गान्तोक: मानिसहरूलाई बिजुलीको बिल भुक्तानीको नाममा ठग्ने घटना दिनदिनै बढ्दै गएको छ। तादोङमा यस्तै एउटा घटना घटेको जानकारी छ।
पुलिस रिपोर्ट अनुसार, उक्त पीड़ित व्यक्तिलाई व्हाट्सएपमा बिजुली आपूर्ति जारी राख्न म्यासेज आएको थियो र उनले म्यासेजको निर्देशन पालन गरे! एसै क्रममा उनको ब्याङ्क खाताबाट ₹. ३,४३,७०३ काटियो। रानीपुल पुलिसले आईपीसीको धारा ४१९/४२० तथा आईटी अधिनियमको धारा ६६डी अन्तर्गत मामिला दर्ता गरेर छानबिन शुरू गरेको छ।