परख राष्ट्रिय सर्वेक्षकहरुको तालिम सम्पन्न

IMG-20241120-WA0332

मंगन: परख राष्ट्रिय सर्वेक्षणमा सहभागी फिल्ड अन्वेषकहरुको तालिम कार्यक्रम आज मान्तन सरकारी उच्च माध्यमिक विद्यालयमा सफलतापूर्वक सम्पन्न भयो। तालिमको आयोजन शिक्षा विभागको जिल्ला कार्यालयले गरेको हो। कार्यक्रममा मंगन जिल्लाका कार्यकारी अधिकारी डेभिड लिङ्दोङ प्रमुख अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका सहनिर्देशक, उपनिर्देशक, सहायक शिक्षा अधिकृत लगायतका वरिष्ठ अधिकारीहरु सहित अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो। गान्तोक मुख्यालयबाट, समग्र शिक्षाका सहायक निर्देशक लक्ष्मण अधिकारी, अञ्जना थापा र कमल प्रधान उपस्थित थिए। आज ५४ जना प्रशिक्षार्थीहरूले सहभागिता जनाएका थिए। पारख राष्ट्रिय सर्वेक्षण एक राष्ट्रव्यापी सर्वेक्षण हो जसले विभिन्न शैक्षिक संस्थाहरूमा विद्यार्थीहरूको क्षमता विकास र अन्य गतिविधिहरूको समीक्षा गर्ने उद्देश्यले तयार गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement