गान्तोक: राजभवनमा बस्न होइन तर जनता माझमा गएर उनीहरूको सुख-दुःखको साथी बन्न रमाउने राज्यपाल ओम प्रकाश माथुरले आज राजधानी गान्तोकको हृदयस्थल एमजी मार्गको भ्रमण गरेर स्थानीय व्यापारीहरूहरूसँग भलाकुसारी गरे। यसको साथै तिमी चियाको आनन्द पनि लिए।
राज्यपालको आजको एमजी मार्ग भ्रमणको उद्देश्य स्थानीयहरूसँग भेटघाट गरेर उनीहरूको बारेमा जान्नु रहेको थियो। भ्रमणअवधि उनले एमजी मार्गका कतिपय व्यापारिक प्रतिष्ठानमा पुगेर व्यापारीहरूसँग कुराकानी पनि गरे। यसै क्रममा राज्यपाल तिमी चियाको स्टलमा पनि पुगेका थिए जहाँ उनले प्रसिद्ध जैविक तिमी चियाको आनन्द लिए।

एमजी मार्गको स्वच्छतासित बनेका राज्यपाल माथुरले सम्बन्धित निकायको कामको प्रशंसा गरे। एमजी मार्गको अवस्थाले स्वच्छताको क्षेत्रमा गोन्तोक नगरनिगमको गम्भिरतालाई दर्शाउने उनले बताए।
यस भ्रमणअवधि गान्तोकका विधायक दिले नामग्यल बर्फुङ्गपा र पार्षद सन्दीप मालु पनि राज्यपालको साथमा थिए।