सिलगढी(पश्चिम बंगाल): सिलगढीमा १०६ वर्षका एकजना वृद्धको निधन भएको छ। त्यसपछि परिवारका सदस्यहरूले उनको अनौठो अन्तिम यात्राको आयोजना गरे। आज ब्यान्ड-बाजाको साथमा वृद्धलाई अन्तिम विदाइ दिइयो। मङ्गलबार साँझ सिलगढीको दुर्गा नगर क्षेत्रका निवासी अयोध्या शाहको १०६ वर्षको उमेरमा निधन भएको छ। जानकारी अनुसार, १०६ वर्षको उमेरमा पनि वृद्ध आफै हिडडुल गर्थे।परिवारका सदस्यले बताए अनुसार, उनको उमेर १०६ वर्ष थियो, तर उनलाई बुढ्याइको सामान्य रोग समेत कहिल्यै लागेन। उनी शाकाहारी खाना खाने गर्थे र हरेक दिन बिहान कीर्तन पनि गर्थे। उनको मृत्युले इलाकाभरिमा शोकको माहोल फैलिएको छ।