बिर्तामोड़: चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ। फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि कब्जा गरेको हो। मेचीनगरले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र शिवसताक्षीले नगद ५५ हजार ६ सय ५५ रुपैयाँ पाएको छ।