महिला च्याम्पियन्स ट्रफीमा भारत लगातार दोस्रोपल्ट च्याम्पियन

IMG-20241120-WA0327

राजगीर (बिहार): असाधारण फर्ममा रहने फरवर्ड दीपिका कुमारीको टुर्नामेण्टमा ११औं गोलको सहायताले भारतले ओलम्पिक रजत पदक विजेता चीनलाई १-० ले पराजित गरी महिला एशियाई च्याम्पियन्स ट्रफीमा लगातार दोस्रोपल्ट खिताब जित्यो। गत वर्ष राँचीमा अनि २०१६-मा सिंगापुरमा यस खिताबलाई जितिसकेको भारतीय टीमले आज असाधारण तालमेल र संयमको परिचय दिँदै ट्रफी जित्यो। म्याचको पहिलो हाफ गोलरहित रहेपछि दोस्रो हाफको 30 सेकेण्डमै भारतलाई पेनल्टी कर्नर प्राप्त भयो। त्यही मौकामा दीपिकाले गोल गरे बिहार खेल यूनिभर्सिटी स्टेडियममा हजारौंको संख्यामा उपस्थित दर्शकहरूबीच जोशको सञ्चार गरिन् । भारतसँग तेस्रो कार्टरमा बढ़तलाई दोब्बर पार्ने असल मौका थियो तर ४२औं मिनटमा प्राप्त भएको पेनल्टी स्ट्रोकमा दीपिकाको शट्‌मा चीनकी गोलकीपरले असाधारण शेभ गरिन् । यसबीच तेस्रो स्थानको प्लेअफ्-मा जापानले मलेशियालाई ४-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement