४०औं गवर्नर्स गोल्ड कपः फाइनलमा पुग्ने पहिलो टीम बन्यो नर्थईष्ट युनाइटेड एफसी

IMG-20241120-WA0326

गान्तोक: सिक्किम फूटबल एसोसिएशन (एसएफए)-को आयोजनमा जारी प्रतिष्ठित गवर्नर्स गोल्ड कप फूटबल टुर्नामेण्टको ४०औं संस्करणमा बुधवार नर्थईष्ट युनाइटेड फूटबल क्लबले रोमाञ्चक जीतको साथ फाइनलमा प्रवेश गऱ्यो। गान्तोक (सिक्किम)-को पाल्जोर स्टेडियममा आज खेलिएको पहिलो सेमिफाइनल म्याचमा नर्थईष्ट युनाइटेडले गोकुलम केरल फूटबल क्लबविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट डलास मून गांगतेले ५८औं र सब्स्टीट्यूड खेलाड़ी मोहम्मद जाहनले अन्तिम समय (इञ्ज्युरी टाइमको पाँचौं मिनट)-मा गोल गरे। विजेता टीमका गोलकीपर अरमान तामाङलाई प्लेयर अव् द म्याचको पुरस्कार प्राप्त भयो। चार सालको ब्रेकपछि शुरु भएको गवर्नर्स गोल्ड कपको ४०औं संस्करणमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। फाइनल २४ नोभेम्बरमा खेलिनेछ।
भोलिको म्याच (दोस्रो सेमिफाइनल): गान्तोक हिमालयन स्पोर्टिंग क्लब बनाम चेन्नईन एफसी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement