नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदी आज गुयानाको राजकीय भ्रमणका क्रममा जर्जटाउन पुगे। प्रधानमनत्री मोदी २० नोभेम्बरदेखि २१ नोभेम्बर २०२४ सम्म गुयानाको भ्रमणमा रहनेछन्। यो ५६ वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीको गुयाना भ्रमण हो। विशेष सद्भावको रूपमा, हवाईअड्डामा उनको आगमनमा गुयानाका राष्ट्रपति डा मोहम्मद इरफान अली र गुयानाका प्रधानमन्त्री ब्रिगेडियर (अवकाशप्राप्त) मार्क एन्थोनी फिलिप्सले उहाँलाई गर्मजोशीसाथ स्वागत गरे, र औपचारिक समारोह आयोजना गरे। यस स्वागत समारोहमा गुयाना सरकारका एक दर्जनभन्दा बढी क्याबिनेट मन्त्रीहरू उपस्थित थिए। होटल पुग्दा प्रधानमन्त्री मोदीको स्वागत गुयानाका राष्ट्रपति अलि, बारबाडोसका प्रधानमन्त्री मिया अमोर मोटली र ग्रेनाडाका प्रधानमन्त्री डिकन मिशेलले गरे। यसका साथै गुयानाका धेरै क्याबिनेट मन्त्रीहरूको उपस्थितिमा भारतीय समुदाय र भारत-गुयाना प्रवासी समुदायले प्रधानमन्त्री मोदीको जोरदार र भव्य स्वागत गरे। हवाईअड्डादेखि होटलसम्मको स्वागत समारोहका क्रममा गुयाना सरकारको पूरा मन्त्री परिषद उपस्थित थियो। भारत-गुयाना बीचको घनिष्ठ मित्रताको प्रमाणस्वरूप जर्जटाउनका मेयरले प्रधानमन्त्री मोदीलाई ‘जर्जटाउन सहरको चाबी’ सुम्पिए। -पीआईबी