कालचिनी: हेमिल्टनगञ्ज स्थित कम्युनिटी हलमा आइतबार दुई दिवसीय पाँचौँ एनबी ओपन कराटे च्याम्पियनसिप खेल सम्पन्न भएको जानकारी अलिपुरद्वार स्पोर्ट्स कराटे एसोसिएशनका स्यान्सी प्रशिक्षक देवब्रत नन्दीले दिएका छन्। अलिपुरद्वार स्पोर्ट्स कराटे एसोसिएशनको आयोजना अनि हेमिल्टनगञ्ज श्यामा प्रसाद संघको सहयोगितामा दुई दिवसीय ओपन कराटे च्याम्पियनसिपमा कलकत्ता, हावड़ा, वीरभूम आदि ठाउँहरुबाट प्रतियोगीहरु सहभागी बन्न आएको र बेसिक, काता र कुमेटी खेलमा जुनियर र सिनियर सबै वर्गका खेलाड़ीहरुको म्याच सम्पन्न भइरहेको र च्याम्पियन खेलाड़ीहरुलाई एसिया स्तरको खेलमा सामेल गराईने बताइएको छ।