रेलमा १०७ किलो गाँजा बरामद, तीन जना पक्राउ

IMG-20241120-WA0309-1-copy

सिलगढी: कञ्चनकन्या एक्सप्रेसबाट १०७ किलो गाँजा बरामद भएको छ। १५ वटा झोलामा गाँजा तस्करी भइरहेको आशंका गरिएको छ। यस मामिलामा सिलगढी जंक्शन र एनजेपी क्षेत्रबाट तीन जनालाई पक्राउ गरिएको छ। अभियुक्तहरुको नाम अभिक धर, रुमा दत्त र स्वपन बर्मन रहेका छन्। अभिक धर ब्यारेकपुरका र अन्य दुई कोचबिहारका बासिन्दा रहेको जानकारीका अनुसार सिलगढी जीआरपीका एसआरपी कुँवर भूषण सिंहका अनुसार जीआरपीको एसओजी टोलीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई सोधपुछ गरेपछि पुलिसले केही दिनदेखि रेलमा गाँजा तस्करी भइरहेको थाहा पाएको बताइएको छ। पक्राउ परेकाहरुलाई आज सिलगढी अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement