जीटीएको डेपुटी चेयरम्यान राजेश चौहानद्वारा मङ्पु सर्कलको भ्रमण

WhatsApp-Image-2024-11-20-at-18.38.59

सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डिपुटी चेयरम्यान तथा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्राथमिक शिक्षा विभागका कार्यकारी सभासद राजेश चौहानद्वारा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन शिक्षा विभाग अन्तर्गतको मङ्पु सर्कलको भ्रमण गरेका छन्। यस अन्तर्गत उनले मङ्पु क्षेत्रमा भएका विभिन्न पाठशालाहरूको भ्रमण गरेर उक्त पाठशालाहरूमा रहेका छात्र छात्राहरूको पढाई साथै विभिन्न क्रियाकलापहरूलाई लिएर पाठशालाका शिक्षक शिक्षिकाहरूमाझ अन्तरक्रिया गरेका छन्। यसको साथै पाठशालाहरूमा रहेका विभिन्न समस्याहरूको विषयमा पनि कार्यकारी सभासद राजेश चौहानले चासो देखाए। राजेश चौहान प्राथमिक शिक्षा विभागका कार्यकारी सभासद भएदेखि नै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गतका लगभग १३ वटा सर्कलहरूमा नै बेलाबखत् यस्तै भ्रमणहरू गर्ने गरेका छन्। पाठशालाहरूमा केवल पढाइ मात्र नभएर पाठशालाहरूमा रहेको विभिन्न समस्याहरूलाई लिएर पनि उनले चासो दिइरहेका छन। विविध समस्या साथै कतिपय पाठशालाहरुमा शिक्षक शिक्षिकाहरूको हेलचेक्रैलाई पनि उनले गहन तरिकाले लिँदै आएका छन्। अब आउने दिनहरूमा पनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गतका प्राथमिक पाठशालाहरूमा भ्रमण गर्ने साथै छात्र छात्राहरूको पढाइ मात्र नभएर छात्र छात्रहरूमाझ विभिन्न किसिमका क्रियाकलापहरुमा पनि ध्यान दिने जसले समग्र विद्यार्थीहरूको उज्जवल भविष्यको गोरेटो निर्माण हुन सकोस्। साथै विभिन्न पाठशालाहरूमा शिक्षक शिक्षिका तथा पाठशालाका कर्मचारीहरूको विद्यार्थीहरूप्रतिको पढाइ मात्र नभएर उनीहरूको चरित्र चित्रणमा पनि ध्यान दिन आवश्यक रहेको बताउँदै चौहानले बताए कि पाठशाला केवल पढाइको लागि मात्र नभएर हाम्रै समाजका यी नानीहरूको भविष्य निर्माण गर्ने एउटा मन्दिर नै हो। यसै कारणले पाठशालाहरूमा शिक्षक शिक्षिकाहरूको पनि उत्ति नै भूमिका रहन्छ जसमा हाम्रा छात्र छात्राहरूको उज्ज्वल भविष्यको निर्माण गर्न सकिन्छ। उनले भने, कतिपय पाठशालाहरूमा शिक्षक शिक्षिकाहरूको हेलचेकराई भएको पनि हामीले थाहा पाएका छौं। यस्तो भएको खण्डमा विभागद्वारा कडाभन्दा कडा कार्बाही गर्न विभाग तयार रहेको हुनेछ। यसै वर्ष मात्र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गत प्राथमिक शिक्षा विभागले सम्पूर्ण प्राथमिक पाठशालाहरुलाई लिएर प्रश्न उत्तरी कार्यक्रम पनि भर्खरै सम्पन्न गरेको छ। यसरी नै आउने वर्षहरूमा पनि यस्तै कार्यक्रमहरू खेलकूद लगायत विभिन्न क्रियाकलापहरू पनि शिक्षा विभागले गर्नेछ। विशेषत गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापाको दिशा निर्देशमा नै विद्यार्थीहरूको उज्ज्वल भविष्यको निम्ति विभिन्न कार्यक्रमहरु पनि गर्ने योजना रहेको छ। अनित थापाको निर्देशमा नै आफूले पनि हाम्रो गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गतका विभिन्न पाठशालाहरूको छड्के भ्रमण गर्दै विद्यालय मात्र नभएर विद्यार्थीहरूको पनि चरित्र चित्रण साथै उनीहरूको पढाइमा पनि हामीले सकभर राम्रो हुन सकोस् भनेर भ्रमण गर्दै आइरहेका छौं भनी गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका डिपुटी चेयरम्यान तथा प्राथमिक शिक्षा विभागका कार्यकारी सभासद राजेश चौहानले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement