सिलगढी:: सलुगडा बीएसएफ क्याम्पमा पछिल्ला केही दिनदेखि साना–साना चोरीका घटनाहरु भइरहेका छन्। कहिले पानीको धारा, कहिले बिजुलीको तार तथा अन्य सामान चोरी हुने गरेको छ। त्यसपछि यी घटनाबारे बीएसएफले भक्तिनगर पुलिस थानामा लिखित उजुरी दिएको थियो। त्यसपछि घटनाको अनुसन्धानका क्रममा भक्तिनगर पुलिस थानाले चोरलाई मंगलबार पक्राउ गरेको हो। पक्राउ परेका चोरको नाम राकेश मिस्त्री हो। भनिन्छ, राकेश मिस्त्री फेरि बीएसएफ क्याम्पमा चोरी गर्न आएका थिए, तर यसपटक चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका थिए। पुलिसले आरोपीको साथबाट चोरीको सामान बरामद गरेको छ। भक्तिनगर पुलिस स्टेशनले आरोपी राकेश मिस्त्रीलाई आज जलपाईगुडी अदालतमा पेश गरेको छ।