कालेबुङ: वरिष्ठ साहित्यकार एंव इसाईहरुका वरिष्ठ अगुवा रेभरेन्ट डा छत्र सुब्बा पावलद्वारा सम्पादित त्रैमासिक इसाई पत्रिका ‘हाम्रो संकल्प’ ८१औं अंक यसपालीको क्रिसमस अंकको लोकार्पण गरिएको छ। आज कालेबुङमा स्रष्टा सङ्गमको एक कार्यक्रमबीच उक्त त्रैमासिक इसाई पत्रिकाको लोकार्पण गरिएको छ। उक्त पत्रिकाका लोकार्पण स्रष्टा सङ्गमको सभापति एल्डर राजु राई, सचिव पास्टर शरण शरद, डा अञ्जना राई, सुरेश वियोगी, बिशप हेमन्त काँफ्ले र पा रुबेन राई लगायत अन्यको बाहुलीबाट लोकार्पण गरिएको छ। उक्त पत्रिका लोकार्पणको अवसरमा बिशप हेमन्त काँफ्लेद्वारा पत्रिकामाथि प्रार्थना गरेका थिए। रेभरेन्ट डा छत्र सुब्बा पावलद्वारा सम्पादित त्रैमासिक इसाई पत्रिका ‘हाम्रो संकल्प’ विगत २३ वर्षदेखि लगातार रुपमा प्रकाशित गर्दै आइरहेका छन्। यस अवसरमा पत्रकारहरुसित कुराकानी गर्दै वरिष्ठ साहित्यकार एंव इसाईहरुका वरिष्ठ अगुवा रेभरेन्ट डा छत्र सुब्बा पावलले विगत २३ वर्षदेखि लगातार रुपमा पत्रिका प्रकाशन गर्दै आइरहेका र यसपाली २३औं वर्ष र ८१औं अंक रहेको जानकारी गराएका छन्। उनले यसपालीको अंकमा आगामी क्रिसमसलाई समेटेर क्रिसमस अंकको रुपमा प्रकाशित गरिएको जानकारी गराएका छन्।