स्रष्टा सङ्गमको पाँचौं वार्षिक सम्मेलन कालेबुङमा हुने तय

WhatsApp-Image-2024-11-20-at-18.37.33

कालेबुङ: भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको पाँचौं वार्षिक सम्मेलन कालेबुङमा हुने भएको छ। यही विषयलाई लिएर आज कालेबुङमा स्रष्टा सङ्गमको सभापति एल्डर राजु राईको अध्यक्षतामा स्रष्टा सङ्गमको सभा सम्पन भएको छ।‌ सभालाई स्रष्टा सङ्गमको सचिव पास्टर शरण शरदले सञ्चालन गरेका थिए। सभामा स्रष्टा सङ्गमको पदाधिकारीवर्ग साथै स्रष्टाहरू सिक्किम, कालेबुङ, खरसाङ, सिलगढी आदि स्थानहरूबाट उपस्थित रहेका थिए। यसै सभामा निर्णय गरिए अनुसार स्रष्टा सङ्गमको पाँचौं सम्मेलन आगामी २० र २१ फरवरी २०२५ मा कालेबुङमा आयोजना गरिने भएको छ। सभामा सबैले आ-आफ्नो विचारहरु साथै सल्लाह सुझावहरु राखे। यसपालीको वार्षिक सम्मेलनमा पनि गत वर्षहरुमा झैं स्रष्टा सङ्गमको तर्फबाट दुईजना वरिष्ठ इसाई स्रष्टाहरुलाई स्रष्टा सम्मानद्वारा सम्मानित गरिने भएको छ।‌ यस क्रममा कालेबुङकी वरिष्ठ नारी स्रष्टा रेबिका कार्थकलाई सम्मानित गरिने भएको छ। अर्को एकजनाको नाम चाढै सार्वजनिक गरिने भएको छ।‌ त्यसरी नै नेपालमा आयोजित पोयट आईडल सिजन दुईको विजेता सिक्किमका कवि सिमियोन सुकिता राई र कवि रवि रोदनलाई अभिनन्दन गरिने भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै स्रष्टा सङ्गमको सभापति एल्डर राजु राई र सचिव पास्टर शरण शरदले विस्तृत रुपमा बताएका छन्। उल्लेखनीय छ भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको स्थापना सन् २०१८ मा खरसाङको सिटोङमा आयोजित पहिलो सम्मेलनमा भएको थियो भने दोस्रो सम्मेलन २०१९ मा सिक्किमको रम्फुमा भएको थियो। त्यसरी नै तेस्रो वार्षिक सम्मेलन २०२० मा सिलगढीमा, चौथो सम्मेलन २०२४ मा  सिक्किमको गान्तोकमा भएको थियो भने अब २०२५ मा कालेबुङमा हुने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement