कोक्राझार(असम): नयाँ दिल्लीस्थित अमेरिकी दूतावासको एक उच्चस्तरीय प्रतिनिधिमण्डल दुई दिवसीय दौड़ाहमा बोडोल्याण्ड प्रादेशिक क्षेत्र (बीटीआर)- को दौड़ाहमा पुगेको छ।
बीटीआर प्रशासनले आज बताएको छ, अमेरिकाको राजनीतिक मामिलाका मन्त्री-परामर्शदाता ग्राहम मेयरको नेतृत्वमा प्रतिनिधिमण्डल गए मंगलवार साँझ बीटीआरको भ्रमण गर्न आइपुगेको छ। प्रतिनिधिमण्डलले बोडोल्याण्ड टेरिटोरियल काउन्सिल (बीटीसी)- का मुख्य कार्यकारी पार्षद (सीईएम) प्रमोद बोडोसित कोकराझारमा भेट गऱ्यो। यस प्रतिनिधिमण्डललमा ए. सुकेश (वरिष्ठ राजनीतिक सल्लाहकार), डैन रबिन्स (राजनीतिक अधिकारी) औ टिंकु रोय (राजनीतिक सल्लाहकार) पनि सामेल छन्। बैठकमा उनीहरूले स्वास्थ्य एवं शिक्षा जस्ता महत्वपूर्ण क्षेत्रहरूमा सम्भावित सहयोगमाथि चर्चा गरे जसको उद्देश्य बीटीआरको विकास पहलहरूलाई समर्थन गर्नु हो। यस भ्रमणले अमेरिका अनि बीटीआरबीचको सम्बन्धलाई बलियो बनाउने तर्फ बढ़्दो रूचिलाई उजागार गरेको छ जसमा सामाजिक-आर्थिक विकासलाई बढ़ावा दिनेमाथि ध्यानकेन्द्रित गरियो। बीटीसीका सीईएम बोडोले प्रतिनिधिमण्डलको अतिथि सत्कारमाथि प्रसन्नता व्यक्त गरे। उनले भने, हामी बीटीआरमा ग्राहम मेयर र उनको टीमलाई स्वागत गर्न पाउँदा प्रसन्न छौं। उनीहरूको अन्तर्दृष्टि र चर्चाहरूले क्षेत्रको विकास अनि प्रगतिको लागि सार्थक साझेदारीलाई प्रेरित गर्ने वाचा गर्दछन्।प्रतिनिधिमण्डलको कार्यक्रममा स्थानीय हितधारकहरूसित बैठक, मिनी स्पन मिल तथा बोडोल्याण्ड सिल्क पार्क आदाबारी जस्ता महत्वपूर्ण स्थलहरूको भ्रमण सामेल थियो जहाँ उनीहरूले बीटीआरको विकास प्राथमिकताहरूको बारेमा जानकारी लिेए। यो भ्रमणले बीटीसी सरकारको स्थायी विकास औ क्षेत्रको सामाजिक-आर्थिक उत्थानको लागि आफ्नो दृष्टि अनुरूप अन्तरराष्ट्रिय साझेदारी बनाउने प्रतिबद्धलाई रेखांकित गर्दछ।