खरसाङ नगरपालिकाद्वारा फेरि फुटपाथ पसलहरु हटाउने कार्य

WhatsApp-Image-2024-11-20-at-18.36.23

खरसाङ: खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारमा अवैध तरिकाले फुटपाथतरि राखिएको पसलहरु आज पनि हटाउने कार्य गरेको छ। खरसाङ बजारमा रहेको फुटपाथतिर साथै मानिसहरु हिँड्ने बाटोतिर राखिएको पसलहरु हटाएको छ। खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधानको अगुवाईमा आज बजारमा फुटपाथतिर रहेको पसलहरु हटाइएको छ।‌ नगरपालिका ऐन अनुसार केही महिना अघि खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारमा रहेको पसलहरु हटाउने कार्य गरिएको थियो भने फुटपाथ पसलहरुको अनुरोधमा दशैं, तिहार र छठ पूजाको अवसरमा केही छुट दिइएको थियो।‌ तर फेरि पसलहरु फुटपाथहरुमा मानिसहरु हिँड्ने बाटोतिर राखिएको भन्दै खरसाङ नगरपालिकाले आज हटाउने कार्य गरेको छ।‌ यसका साथै फुटपाथ पसलहरुलाई स्थायी रुपमा भवन नबनेसम्म खरसाङको हाट बजार क्षेत्रमा पसलहरु राख्ने अनुमति दिइएको बताइएको छ।‌आज नगरपालिकाले फुटपाथ पसलहरु हटाएको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले विस्तृत रुपमा बताएका छन्। उनले खरसाङ नगरपालिकाले नगरपालिका ऐन अनुसार नै बजारमा रहेको फुटपाथतिर रहेको पसलहरु हटाउने कार्य गरेको र यसमा कसैलाई पनि उच्छेद गर्न चाहेको होइन तर जनतालाई सुविधा होस् भनेर सरकारी आदेशलाई पालन गरिएको बताएका छन्। उनले भने, ‘दोकानेहरुको अनुरोधमा दशैं, तिहार र छठ पूजासम्म केही छुट दिइएको थियोl तर अब सबै सकिएपछिहामीले पहिला सूचित गरेका थियौं, तर कतिजनाले धेरै अटेरी गरेकोले हटाउने कार्य गरिएको हो।‘ प्रधानले अझ भने, ‘नगरपालिकाले कसैको रोजीरोटी खोस्न चाहेको होइन, तर फुटपाथतिर राखिएको पसलहरु र जनताको सुविधाको लागि हटाउने कार्य गरिएको होl  तर यदि कसैले पनि अटेरी गरेर नहटाएको खण्डमा नगरपालिका ऐन अनुसार एफआईआर गरेर कार्वाही गरिने छ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement