खरसाङ: खरसाङको ईभान फाउन्डेसनले फादर अब्राहामको पुण्य तिथिको अवसरमा अनि भिक्टोरिया निवासी केबी गुरुङको स्मृतिमा खरसाङको हरिदास जंगल अनि डाउहिल रोडको छेउमा ६० वटा फूल र रूखका बिरूवाहरू लगाउने कार्य गरेका छन्। फादरसंग जीवन भरसंगै रहेका सुदिर भित्रीकोटी, सविता शर्मा, पार्वती शर्मा, निता सार्की, रिता रन्जनसंगै केबी गुरुङको बुहारी रनजीता गुरुङ पनि उपस्थित भई वृक्षारोपण गरेका थिए।

ईभान फाउन्डेसनको अध्यक्ष प्रशान्त शर्माले सबै धन्यवाद चढाए तथा सुदिर भित्रीकोटीले फादरले समाज अनि पर्यावरण विषय गरेका विभिन्न कार्यबारे बताएका थिए। यय अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै ईभान फाउण्डेशनको अध्यक्ष प्रशान्त शर्माले आज हामीले फादर अब्राहमको पुण्यतिथिमा विभिन्न प्रजातिको रुखका विरूवाहरू रोप्ने कार्य गरेको साथै यस अवसरमा फादर अब्राहमसितै कार्य गर्ने व्यक्तिहरू पनि उपस्थित रहेको बताएका छन्।