सिलगढीमा खानेपानीको समस्या नहुने, नगरपानिगमले उपलब्ध गराउने

IMG-20241120-WA0275

सिलगढी: सिलगढीमा दुई दिनसम्म खानेपानी सेवा बन्द रहनेछ। तर नगरनिगमले उपलब्ध गराउने भएको हुनाले शहरमा खानेपानीको समस्या हुने छैन। सिलगढी नगरनिगमले दुई दिनदेखिको पिउने पानीको अभावलाई पूरा गर्न शहरका विभिन्न वार्डमा पानीका ट्यांकी र पानीका पाउचहरू पठाउने पहल गरेको छ।

केही दिनअघि दोस्रो इन्टेक वेलको उद्घाटन गरिएको थियो। इनटेक इनवेल खोल्नका लागि शुक्रबार र शनिबार खानेपानी सेवा बन्द रहनेछ। जसका कारण शहरमा दुई दिनदेखि खानेपानीको अभाव हुने गरेको छ। त्यो अभाव पूर्ति गर्न २६ ट्यांकीमार्फत नगरका सबै वडामा पानी पठाइनेछ। करिब तीन लाख पानीका पाउच उपलब्ध गराइएको छ। जनस्वास्थ्य प्राविधिक विभागको सहयोगमा पानी पठाइने मेयरले बताए। -न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement