अवैध रक्सी कारोबारमा संलग्न रहेको आरोपमा दुई महिला पक्राउ

IMG-20241120-WA0254

सिलगढी: बिहानदेखि बेलुकासम्म घरघरमा रक्सीको कारोबार चलिरहेको थियो, किन्नेहरू आएर रक्सी किनिरहेका थिए। यस विषयमा धेरै दिनदेखि पुलिसमा उजुरी आइरहेको थियो। यसबाहेक रक्सी सेवनका कारण पनि क्षेत्रमा अशान्ति भएको थियो। अन्तत: मंगलबार राति सिलगढी मेट्रोपोलिटन पुलिसको एन्टी क्राइम विंगको पुलिसले छापा मार्यो।

सिलगढी टिकियापाडाका दुई रक्सी बेच्ने महिलालाई पुलिसले पक्राउ गरेको छ, उनीहरुको साथबाट ठूलो परिमाणमा रक्सी बरामद भएको छ। पक्राउ परेका किरण साहनी र शान्ति साहनीले लामो समयदेखि उक्त क्षेत्रमा रक्सीको  कारोबार गर्दै आएको पुलिसले जानकारी दिएको छ। सिलगढी पुलिस थानाले पक्राउ परेका दुवै महिलालाई बुधबार सिलगढी अदालतमा पेश गरेको छ। पक्राउ परेका दुवै महिलाले घरबाटै ठूलो परिमाणमा स्वदेशी तथा विदेशी मदिरा बिक्री गरेर रक्सी कारोबार गर्दै आएको स्थानीयको आरोप छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement